जलयात्राको सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न

डडेल्धुरा : नेपाल भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यावसायिक रुपमा जलयात्रा (र्याफटिङ) को सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न भएको छ । परशुराम नगरपालिकाले परशुरामधाममा आयोजना गरेको प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ मा महाकाली सम्वाद कार्यक्रम गरी काली नदीमा र्याफटिङ सञ्चालन गरिएको छ ।

काली नदीमा निरन्तर र्याफ्टिङ गर्न घोषणापत्र समेत जारी गरिएको छ । सोमबार उद्घाटन गरिएको फोरममा सुदूरका सम्भावना बारे पनि चर्चा गरिएको थियो । संविधानविद कासीराज दाहालले संघीयतामा संविधानको मर्मअनुरुप संघीय सरकार सञ्चालन हुन नसकेको बताएका थिए । नेपाल सरकारले १६ वटा नदीहरुमा र्याफ्टिङ गर्न सकिने भन्दै अनुमति दिएको छ ।

१६ वटा नदीहरुमध्ये १५ नदीहरुमा र्याफ्टिङ गरिदैआएको छ । महाकादी नदीमा मात्र र्याफ्टिङ सञ्चालन गरिएको थिएन । हाल कञ्चनपुरको भिमदत्त, डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र दार्चुलाको महाकाली नगरपालिकाहरुले आपसी समन्वय गरी र्याफ्टिङ सञ्चालन गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार