२०२५ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ प्रारम्भ भएको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उदाउँदो सूर्यको तस्बिरसहित शुभकामना सन्देश पोस्ट गर्दै लेखेका छन्, ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् । नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’

ग्रेगोरियन पात्रोअनुसार आज जनवरी १ देखि इस्वी संवत् २०२५ सुरु भएको छ । यो पात्रो जुलियन पात्रोको प्रतिस्थापन गर्दै पोप ग्रेगोरियनले प्रचलनमा ल्याएको हो, जसका कारण यसलाई ‘ग्रेगोरियन पात्रो’को नयाँ वर्ष मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार