कमिसन खाएर योजना बाँडेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिन्छु : मुख्यमन्त्री शाह

अछाम : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कमिसन खाएर योजना बाँडेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने बताएका छन्। प्रदेश सरकारले योजना बेच्ने गरेको भन्दै अछामका जनप्रतिनिधिले आरोप लगाएपछि मुख्यमनत्री शाहले यस्तो स्पष्टीकरण दिएका हुन्। 

अछामको जिल्ला सभामा सहभागी स्थानिय जनप्रतिनिधिहरुले प्रदेश सरकारले आफूनिकट व्यक्तिहरुमार्फत कमिसन खाएर योजना बाँड्ने गरेको र आफूहरुले प्रस्ताव गरेका योजनामा बेवास्ता गरेको आरोप लगाएपछि मुख्यमन्त्री शाहले त्यस्तो भन्ने व्यक्तिको रेकर्ड तत्काल उपलब्ध गराउन आग्रह गरे। ‘यो कुरा प्रमाणित गर्नुस् म एक मिनेट पनि पदमा बस्दिन्,’ शाहले भने।

Seti Hospital

मुख्यमन्त्री शाहले नीति निर्माण, बजेट विनियोजनबारे अस्वस्थ चलखेल गरे त्यो क्षम्य नहुने चेतावनी दिए। भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री एक्लैले केहि गर्न नसक्ने भन्दै उनले यसमा सिंगो सदनको सहमति आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहले यस क्षेत्रका मुख्य विकास योजना ढिलाई हुनुमा संघीय सरकार दोषी रहेको आरोप लगाए।

उनले बेतन कर्णाली जलविद्युत आयोजना संघ सरकारकै कारण अन्यौलमा परेको आरोप लगाए। यस क्षेत्रका नागरिकलाई गुमराहमा राखेर बेतन कर्णालीको लगानीबारे चलखेल भइरहेको उनले बताए। ‘संचय कोषले हात झिक्ने सुन्दै छु,’ उनले भने, ‘अब अर्कैको जिम्मा लगाइँदै छ । हामी यसमा सचेत हुनुपर्छ।’

मुख्यमन्त्री शाहले संघले बेतन कर्णाली निर्माण गर्न नसक्ने भए प्रदेश सरकारलाई कार्यान्वयन गर्न दिए आफूहरुले लगानी जुटाउने बताए। सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजना र यस क्षेत्रको पर्यटन विकासबारे पनि प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ। 

सभामा उपस्थित केही प्रतिनिधिले कमिसनमा योजना बाँडेको, बेतनकर्णाली जलविद्युत आयोजना, मंगलसेन–चिसापानी सडक, मंगलसेन दरबार व्यवस्थापन र कर्मचारीका समस्याका बारेमा प्रदेश सरकारले चासो नदेखाएको आरोप लगाएका थिए। उनीहरुले जिल्लाका गौरवका योजनाबारे पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको पनि ध्यानाकर्षण गराएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार