आगलागीबाट ७ घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति

रौतहट : रौतहटको राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आइतबार मध्यराति भीषण आगलागी भएको छ। आगलागीबाट ७ घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।

गए राति सवा २ बजेको समयमा  राजदेबि नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको  घुरबाट  सल्किएर आगलागी भएको हो।

Seti Hospital

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र,  ३ वटा बाख्रा  , राम सोगारथ पासवान , दीपेन्द्र पासवान ,. विजय पासवान ,कान्ति देवी पासवान , प्रदीप पासवान, लगायत ७जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

आगलागी भएको खबर पाए लगत्तै बिओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार साहाको कमान्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमान्डमा ५ जनाको टोली,गौर नगरपालिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको अन्य मानविय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार