कञ्चनपुरको ऐठपुरमा खुल्यो श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबिच उद्योगको उद्धघाटन गरिएको छ । नेपाली सेनामा समेत कार्यरत रहेको युवा उद्यमी भरत जोशीले गारमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको वडाध्यक्ष प्रकाश बहादुर चन्दले उद्धघाटन गरे । 

करिब ३० लाख बढी लगानीमा स्थापना गरिएको उद्योगमा १० जना बढीलाई प्रत्यक्ष रोजगारी दिईने सञ्चालक जोशीले बताए । उनका अनुसार देशमै रोजगारीको अवसर सिर्जनाका लागि गारमेन्ट उद्योग सञ्चालनमा ल्याईएको हो । 

Seti Hospital

उद्योगमा विद्यार्थी तथा खेलाडीका डेस,  अफिस युनिफर्म लगायत सबै किसिमको तयारी लुगा कपडा तयार गरिने उनको भनाई छ । साथै उनले युवा व्यवसाय प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे । 

उद्योगको उद्धघाटन गदैँ वडाध्यक्ष चन्दले उद्योग स्थानपनाले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने बताए । उनले औद्योगीक क्षेत्रको विकासका लागि वडाले आवश्यक जनशक्ती उत्पादन गर्न आवश्यक सिप मुलक तालिमको सञ्चालन गर्ने योजना रहेको बताए । साथै उनले युवाहरुलाई स्वउद्यमका लागि यसले प्रेरणा समेत प्रदान गर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार