रवि लामिछानेविरुद्धको साढे चार सय पृष्ठ लामो अभियोजनपत्र अदालतमा बुझाइयो

Call24News

पोखरा : जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको साढे चार सय पृष्ठ लामो अभियोजन पत्र बुझाइएको छ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरेकी हुन्। जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले अभियोग पत्र पेश भइसकेको बताएका छन्। रवि लामिछानेलाई जिल्ला अदालत लगि सकिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ। सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार