कञ्चनपुर : बेलडाँडी गाउँपालिकामा पर्यावरण संरक्षण, सांस्कृतिक पहिचानको संरक्षण, र पर्यटन प्रवर्द्धनका उद्देश्यले बेलका बिरुवाहरु रोपण र संरचना निर्माणका कार्यक्रमहरु सञ्चालन भइरहेको छ। स्थानीय अभियन्ता गोकर्ण जोशी (निश्चिल)को नेतृत्वमा थालिएको यो अभियानले स्थानीय समुदायको साथ सहयोगमा नयाँ गति लिइरहेको छ।
पहिलो चरणको अभियान अन्र्तगत बेलका बिरुवाको रोपीएको छ । बेलडाँडीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई उजागर गर्न पहिलो चरणमा ४५० भन्दा बढी बेलका बिरुवा सार्वजनिक स्थलमा रोपिएका छन्।स्थानीय बासिन्दाको आर्थिक सहयोगमा १०० रुपियाँ अभियान मार्फत बिरुवाहरु रोपिएको जनाईएको छ। विद्यालय, मठ–मन्दिर, र अन्य सार्वजनिक स्थलमा बिरुवा रोपिएको हो।
पर्यावरणीय सन्तुलन कायम राख्ने ,बेल उत्पादनको व्यावसायिक उपयोग गरी स्थानीय अर्थतन्त्र बलियो बनाउने ,बेलडाँडीको ऐतिहासिक महत्वलाई पुनर्जागरण गर्ने उदेश्यका साथ यो अभियान थालिएको अभियानमा परिकल्पनाकार गोर्कण जोशीले बताए ।
यो अभियानले केवल पर्यावरणीय सन्तुलन कायम राख्न मात्र होइन, बेलडाँडीलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। समितिले सम्बन्धित निकाय र सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै योजना अघि बढाउने योजना बनाएको छ।
प्रतिक्रिया दिनुहोस्