डोटी । डोटीको के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लाई पढाउन थालेको छ।
दुई वर्षकै उमेरमा आमाले छोडेपछि बडी केदार गाउँपालिका ३ धारा पानी दुर्गम गाउँमा हुर्किएकी दीपाले ६ वर्षको उमेर हुँदासम्म स्कुल देख्न पाइनन् ।
सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरे पछि अलपत्र परेका उनीहरूलाई अहिले के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लागि सञ्चालनमा ल्याएको छात्रावासमा छन् ।
छात्रावासमा उनीहरूजस्तै अरू ११ विद्यार्थी रहेका छन् ।जसमध्ये कसैले आमा गुमाएका छन् त कसैले बुबा ।
गरिबी र आफन्त अभाव झेलेका उनीहरूलाई गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालयको छात्रावासमा पढेर पढिरहेका छन् ।
गाउँपालिकाले खाना आवास, स्टेसनरी खर्चदेखि औषधी उपचारको समेत जिम्मा लिएर यसै वर्ष देखि टुहुरा तथा अनाथ बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क रूपमा पढाउन सुरु गरे पछि बालबालिका खुसी भएका छन् ।
लामो समयदेखि टुहुरा बालबालिकाको पठनपाठनका लागि तयारी गरिरहे पनि चालु आर्थिक वर्षबाट मात्र सुरुवात गर्न सफल भएको के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्