कुश्माका सबै विद्यालयमा एकै पटक अनुगमन

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थानीय तहभित्र रहेका सबै सामुदायिक विद्यालयहरूमा एकै पटक आकस्मिक अनुगमन सम्पन्न गरेको छ।

विद्यालयहरूमा समय–समयमा केही मात्रामा अनुगमन हुँदा कतिपय सबै विद्यालयहरू नपर्न पनि सक्ने भएकाले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूमा एकै दिनको एउटै समयमा अनुगमन गरिएको हो।

Seti Hospital

नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार नगरपालिकाभित्र बाल विकास केन्द्रदेखि माध्यमिक तहसम्म ६७ वटा विद्यालयहरू रहेका छन्। अब बाल विकास केन्द्र मात्र सञ्चालनमा रहेका चार वटा केन्द्रको मात्रै अनुगमन बाँकी रहेको छ।

एकैपटक र एकै समयमा अनुगमन गर्दा वास्तविक तथ्याङ्क थाहा पाउन सजिलो हुने भएकोले नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतदेखि वडा सचिवहरूसम्मलाई आफ्नो पायकको विद्यालयमा जान नपाउने गरी परिचालन गरिएको थियो।

झन्डै ७० जना कर्मचारीहरू परिचालन गरिएको अनुगमनका क्रममा प्रयोग गरिएका फारामहरू प्राप्त हुने क्रम जारी रहेको र तिनीहरूको ‘इन्ट्री’ भएपछि सामुदायिक विद्यालयहरूको अवस्थाका बारेमा प्राप्त हुने तथ्याङ्कमाथि विश्लेषण गरिने र अनुगमनको निष्कर्ष निकालिने छ।

विद्यालयको भौतिक अवस्थाअन्तर्गत पर्याप्त भवन र कक्षाकोठाको अवस्था, विद्यालयको सुरक्षाका लागि घेरा वार, विद्यार्थीहरूका लागि आवश्यक खेलमैदान, शैक्षिक अवस्थाअन्तर्गत पाठयोजना र साप्ताहिक कार्य तालिकाको निर्माण र प्रयोगको अवस्था, पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक र कक्षा सञ्चालन, निरन्तर विद्यार्थी मूल्याङ्कन  प्रयोगको अवस्थाको बारेमा अनुगमनकर्ताहरूले तथ्याङ्कहरू सङ्कलन गरेका छन्।

यस्तै विद्यालयमा जाने अनुदान रकमको सही प्रयोग भए नभएको, पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजामा भएको खर्चको अवस्था, विद्यालय सुधार योजना निर्माण र प्रयोग, सामाजिक लेखापरिक्षणको अवस्था, विद्यालयमा इन्टरनेट र कम्प्युटरको प्रयोगको अवस्था, विद्यालयमा कार्यरत शिक्षक र उपस्थित हुने विद्यार्थीको सङ्ख्या लगायतका पक्षमा पनि अनुगमन गरिएको छ।

‘हामीले नगरपालिकाबाट दिएका, प्रदेश वा सङ्घीय सरकारले विद्यालयमा दिएका अनुदान, निर्माण, गुणस्तरका लागि शिक्षकहरुले गर्नुभएको प्रयास, विद्यार्थीहरूको वास्तविक सङ्ख्या लगायतको बारेमा वास्तविक तथ्याङ्क निकाल्नकै लागि पालिकाभरका विद्यालयमा एकै दिन एकै पटक अनुगमन गरिएको हो’, नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले भने, ‘यसले दरबन्दी मिलानका लागि पनि हामीलाई सजिलो बनाउने छ।

कतिपय विद्यालयमा शिक्षकले विद्यार्थी नपाएको र कतिपयमा विद्यार्थीले शिक्षक नपाएको अवस्थाको व्यवस्थापनको लागि यसले आधार तय गर्ने छ।’ पछिल्लो समय देशभरका विद्यालयमा लागू भएको ‘इमिश अनलाइन सफ्टवेयर’ लागू भएर सबै विद्यालयहरूले आफ्ना विवरणहरू त्यसमा राखिएको छ।

उक्त ‘सफ्टवेयर’ मा हरेक विद्यार्थीहरूको विवरणहरू राखिने र सोही आधारमा विद्यालयमा अनुदान पठाइने भएकोले ‘इमिश’ मा राखिएका विवरणहरू सत्य भए,नभएको थाहा पाउनका लागि अनुगमन महत्त्वपूर्ण भएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय नेत्रप्रसाद पौडेलले बताए। यो अनुगमनपछि आउने नतिजाको आधारमा सामुदायिक विद्यालयहरूमा नगरपालिकाले के–के गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने र सोही अनुसारको योजना बनाइने उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार