काठमाडौं : आईफोन १६ सार्वजनिक हुनुभन्दा धेरै अघि नै त्यसमा साइड बाई साइड क्यामेरा हुने चर्चा गरिएको थियो । कम्पनीले स्पेसियल भिडिओ (भिजन प्रो हेडसेटका लागि उपयुक्त हुने) खिच्नका लागि ठाडो क्यामेरा डिजाइन ल्याउने अनुमान थियो । तर ठाडो क्यामेरा डिजाइन आईफोन १६ को बेस र प्लस भेरियन्टमा मात्र देख्न पाइयो । प्रो र प्रो म्याक्स भेरियन्टमा भने क्यामेरालाई पुरानै डिजाइनमा उपलब्ध गराएको थियो ।
एक विश्वसनीय अन्तर्राष्ट्रिय लिकरले तेर्सो डिजाइनको क्यामेरा आईफोन १७ मा उपलब्ध हुने जनकारी लिक गरेका छन् । यस्तो डिजाइन गुगलको पिक्सेल नाइन प्रोमा उपलब्ध भइसकेको छ । लिकरले यस्तो डिजाइन अन्य स्मार्टफोन निर्माता कम्पनीले पछ्याउँदै जाने उल्लेख गरेका छन् ।
विबो प्रयोगकर्ता डिजिटल च्याट स्टेसनले पनि आईफोन १७ मा तेर्सो डिजाइनको क्यामेरा हुने पुष्टि गरेका छन् । नाइन टु फाइभ म्याकका अनुसार यी तीनै प्रयोगकर्ता हुन, जसले आईफोन १६ प्रोमो ठूलो साइजको टेलिफोटो क्यामेरा सेन्सर हुने जानकारी बाहिर ल्याएका थिए ।
आईफोन १७ सिरिजमा क्यामेराको डिजाइन कस्तो हुने भन्ने जानकारी बाहिरिए पनि कति मेगापिक्सेलको लेन्स प्रयोग हुन्छ भन्ने स्पष्ट छैन । यसघिको आईफोनको प्रो मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको थियो । त्यस्तै आईफोन १७ को एयर मोडलमा एउटा मात्र क्यामेरा हुने बताइएको छ । यो मोडेल अहिलेसम्मकै सबैभन्दा पातलो मोडेल हुने जानकारी बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्