रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको छ ।

यसअघि ४ दिन थपिएको म्याद सकिएसँगै प्रहरी लामिछानेलाई बिहीबार अदालत पेश गरेको थियो । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले लामिछानेलाई अझै ५ दिन हिरासतमै राख्न अनुमति दिएको हो ।

प्रहरीले अभियोगपत्र तयार गरिरहेको भन्दै लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो । गत २ कात्तिकमा लामिछाने काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार