नेपाल प्रहरीका एआईजी ढकाल अवकाशमा

काठमाडौं : नेपाल प्रहरीका एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउने भएका छन्। एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी भीमप्रसाद ढकाल आज मंसिर २७ गतेबाट अवकाशप्राप्त बनेका हुन्।

यस्तै अर्का एआईजी किरण बज्राचार्यले पनि अवकाश पाउन लागेकी छन्। एआईजी बज्राचार्यले पुस १५ गते अवकाश पाउन लागेका हुन्। आजबाट अवकाशमा जाने ढकाल प्रहरीको मानवस्रोत विकास विभाग र बज्राचार्य उपत्यका प्रहरी कार्यालयको प्रमुख छन्।

उनीहरू दुवैजना हालका प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुवँरकै ब्याची हुन्। यस अगाडि एआईजी केदार ढकालले पनि ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका थिए। उनी प्रदेश समन्यव विभाग प्रमुख थिए। अब रिक्त दुई एआईजी पदमा डीआईजीद्वय भरतबहादुर बोहरा र दुर्गा सिंह चन्दलाई बढुवा गर्ने तयारी पनि थालिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार