काठमाडौं : पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदै छ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं लगिएको हो ।
उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं लगेर पोखरा ल्याइनेछ ।
वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्