मेयर हमाललाई डाक्टरले ४८ घण्टा निगरानीमा राखेर त्यसपछि…

काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको भारतको दिल्लीमा उपचार भइरहेको छ ।

मस्तिष्क स्ट्रोकको समस्या देखिएपछि शनिबार धनगढीबाट रीफर गरिएका मेयर हमालको दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा उपचाररत छन् ।

धनगढी सूचना

मेयर हमालका भाइ श्याम हमालको दिएको जानकारी उद्धृत गर्दै मेयर हमालको सचिवालयले उपचारको क्रममा चिकित्सकहरूले विभिन्न परीक्षण जारी राखेको छ ।

डाक्टरले ४८ घण्टा निगरानीमा राखेर त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने जानकारी दिएको उल्लेख छ । शुक्रबार राति टाउको दुखेपछि धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका मेयर हमाललाई अर्को दिन दिल्ली रेफर गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार