रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो। कात्तिक २ गतेदेखि लामिछाने हिरासतमा छन्।

धनगढी सूचना

यसबिचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ।

अब सानो पाइला सहकारीको ठगीमा अनुसन्धान गर्न पर्सा लैजाने तयारी छ। सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरण र संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको प्रहरीले बढीमा पुस ६ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। लामिछानेसँगै पूर्व डीआईजी छविलाल बन्जाडे जोशी पनि हिरासतमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार