ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता

काठमाडौँ : पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ स्थित कृष्णभीरबाट आज बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। 

श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो। 

SHIKHAR COOL TECH

दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बुलेटका चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार