काठमाडौं : अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा (नरेश) जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबारै स्वदेश फर्किएका छन् ।
उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिन् ।
शुक्रबार बिहान काठमाडौं आएका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्