प्रहरीका २ डीआईजीलाई एआईजी बनाउने तयारी

काठमाडौं : नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा गर्ने गृहकार्य थालिएको छ। नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दुई दरबन्दी एक साताभित्र रिक्त हुने भएको छ। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल उमेर हदका कारण अवकाश हुन लागेका हुन्। 

केदार मंसिर २२ गते र भीमप्रसाद २८ गते अनिवार्य अवकाश हुनेछन्। एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश हुन लागेका हुन्। ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ। केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो।

धनगढी सूचना

ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि बढुवा भएका थिएनन। तर यसपटक सिंहलाई एआईजीमा बढुवा गर्ने तयारी छ। सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छन्।

तर, कडायत भने यसपटक पनि एआईजी बन्ने सम्भावना कम छ। अब रिक्त हुने एआईजीमा भरतबहादुर बोहरालाई बढुवा गर्ने तयारी छ। हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा पनि अवकाश हुन लागेका छन्। उमेर हदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन्। उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजी बनाउने सरकारको तयारी छ।

पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य पनि अनिवार्य अवकाश हुनेछिन्। बज्राचार्य र बोहरा अवकाश भएपछि फेरि कडायतसहित दुईजना एआईजीमा बढुवा हुनेछन्।

प्रहरी महानिरीक्षक कुँवरले आफ्ना ब्याचीलाई सकेसम्म बढुवा गर्ने नीति लिएका छन्। यसअघि किरण राणा २ दिनका लागि एआईजी भएकी थिइन्। उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार