रवि लामिछानेलाई भेट्न कास्की पुगे अध्यक्ष डा. बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन् ।

भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।

धनगढी सूचना

लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार