आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा गएराति आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख रुपैयाँ बराबरका सामान नष्ट भएको हो ।

Seti Hospital

आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार