काठमाडौं : ठेक्का सम्झौता गरेका तर निर्धारित समयमा काम सम्पन्न नगरेका डेढ दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कालोसूचीमा परेका त्यस्ता कम्पनीहरुमा नवदुर्गा बिल्डर्स, सपना–सैलुङ्ग जेभी, एमएस तेहनिम मल्टीप्रपोज कम्पनी, केआर कन्स्ट्रक्सन, खड्गदेवी कन्स्ट्रक्सन, तप्त निर्माण सेवा, हार्दिक कन्स्ट्रक्सन, पूर्ण निर्माण सेवा, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स छन्।
त्यस्तै, रिना ट्रेडर्स एण्ड जनरल सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, टाभलर्स क्रियु कन्स्ट्रक्सन, एस के निर्माण सेवा, युनिक निर्माण सेवा, युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, आईए कन्स्ट्रक्सन, जिसि कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रालि, महिमा कन्स्ट्रक्सन र जायसवाल कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका यी निर्माण व्यवसायीले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।
प्रतिक्रिया दनुहोस्