कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका– १ भुजेला र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका ३ लाख ७६ हजार १४८ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ।
उक्त मूल्य बराबरको थान कपडा, सुट कपडा, बिजुलीका सामन, नट बोल्ड, स्विच, चार्जर स्विच, आल्मनियम पत्ता, हाडबेयर, किराना लगायतका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्