अध्यक्ष प्रचण्ड नगरकोटी दम्पतीका छोरीको अभिभावक बन्ने 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका कागेश्वरी मनोहरा-२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन् ।

सोमबार साँझ त्यहाँ पुगेका प्रचण्डले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका-९, स्थित साँखु-थली सडकखण्डमा झाँक्री प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले बा प्र ०२-०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए । पछि उपचारका क्रममा दुवै जनाको मृत्यु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार