गैरहाजिर रहेका २८ प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका २८ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रधान कार्यालयको कानुन शाखाले  सूचना निकालेको छ ।

७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

113

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार