चिसो मौसम सुरु भएसँगै घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने !

धनगढी : गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण चिसो मौसम सुरु भएसँगै घट्न थालेको छ । चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहने विज्ञहरू बताउँछन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी का अनुसार मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । देशका ७७ जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

Seti Hospital

जबकि गत वर्ष पुसको दोस्रो सातादेखि कार्तिक ५ गतेसम्म डेंगु सङ्क्रमितको संख्या २२ हजार ८२ थियो । करिब एक महिनापछि अर्थात् मंसिर ३ गते यो संख्यामा १० हजार ६१८ थपिएर ३२ हजार ७०० पुगेको हो । कार्तिक ५ गतेसम्म ११ जनाको मृत्यु भइसकेको थियो भने मंसिर ३ गतेसम्म थप दुई जनाको मृत्यु भइ कुल मृतक संख्या १३ पुगेको छ ।

ईडीसीडीका अनुसार असोज ६ गतेसम्ममा १२ हजार ६४४ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । कार्तिक ५ गतेसम्म आइपुग्दा ९ हजार ४३८ जना डेंगु सङ्क्रमित थपिए भने थप ५ जनाको मृत्यु भइ कुल मृतक संख्या ११ जना पुग्यो ।

महिना दिनमा डेंगु सङ्क्रमितको संख्या खासै घटेको नदेखिए पनि चिसो बढ्दै जाँदा सङ्क्रमण घट्दै जाने चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार तत्काल डेंगु सङ्क्रमण उल्लेख्य रूपमा घटेको छैन । तर अबको एक वा दुई सातापछि सङ्क्रमण घट्ने उनको भनाइ छ ।

तीन वर्ष यता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । त्यसो त, डेंगुबाट मृत्यु भएका भनिएकाहरूमा विभिन्न दीर्घ रोग रहेको पाइएको सरकारी अधिकारी बताउँछन् । अन्य रोग रहेका डेंगु सङ्क्रमितको मृत्यु हुँदा पनि डेंगुकै कारण मृत्यु भएको भनेर गणना गरिएको उनीहरूको भनाइ छ ।
‘डेंगु सङ्क्रमण अबको एक वा दुई सातापछि घट्ला ,’ उनले भने, ‘डेंगु सङ्क्रमण घटे पनि जोखिम कायम नै रहन्छ ।

नेपालमा यो वर्ष गत वर्षको तुलनामा सङ्क्रमित संख्या न्यून देखिन्छ । तर मृतकको संख्या भने खासै घटेको देखिँदैन । अघिल्लो वर्ष जनवरीदेखि डिसेम्बरमा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का प्रमुख डा। यदुचन्द्र घिमिरेले गत वर्ष करिब ५० हजार जना डेंगुबाट प्रभावित भएको र उनीहरूलाई दोहोरिएर सङ्क्रमण हुने सम्भावना नहुने भएकाले सङ्क्रमण घट्ने अनुमान लगाए ।

सन् २०२४ को हालसम्मको तथ्यांक अनुसार ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण हुँदा १३ जनाको मृत्यु भएको छ । यस्तै, गत वर्ष सन् सन् २०२३ मा ५१ हजार २४३ जना सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार