किन गरिँदै छ विरोध प्रदर्शन मेयर बालेनविरुद्ध ?

काठमाडौं : भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रूपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ । बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो । 

कार्यक्रममा सहभागी अभियन्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री होइन जनतामैत्री हुनुपर्नेमा काठमाडौं महानगरले जनताको निजी सम्पत्तिलाई बिना मुआब्जा ,बिना क्षतिपूर्ति हड्पने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत कामहरू गरिरहेको बताए । 

धनगढी सूचना

उनले अहिले आफूहरूले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौं महानगरका बालेन(वालेन्द्र) शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिए ।

उनले भने,‘सहर सवारीसाधन मैत्री होइन, जनतामैत्री हुनुपर्छ । जनताको निजी सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्पने, डोजर लगाउने, त्रास सृजना गर्ने कामहरू गलत भइरहेको छ । हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरूलाई कार्यालय प्रवेश निषेध गर्छौँ । जस्तै बालेनलाई हामी काठमाडौं महानगर निषेध कार्यक्रम पनि घोषणा गर्नसक्छौं ।’

कार्यक्रममा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन, गैर न्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर,जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको संवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गा माथि हस्तक्षेप बन्द गर लगायतका प्ले कार्डहरू प्रदर्शन गरेर विरोध जनाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार