धनगढी : कैलालीको गोदावरी ८ खुटिया नदीबाट प्राकृतिक जन्य पदार्थ खुटिया नदीबाट ढुङ्गा गट्टीबालुवा निकासमा स्थानीयले राक्ने भएका छन् । ठेकेदारले खुटियाबाट अन्दाधुन्द तरिकाले खुटिया नदीबाट ढुङ्गा गट्टीबालुवा निकास निकासीले गर्दा स्थानीयका खेत कटानी हुन लागेको भन्दै विरोधमा उत्रेका हुन् ।
सरकारले खुटिया नदीको कटानी प्रभावित क्षेत्रका नागरीहरूको जमिनमा तटबन्ध योजना, स्थानीयले पाउनुपर्ने हकदाधिकारको विकासको योजना, भई परी आउने समस्याको समयमा स्थानीय सँग समन्वय गरी समाधान गर्नुपर्ने स्थानीयको माग गरेको गोदावरी ८ स्याउलेका गोपाल देउवाले जानकारी दिए ।
उक्त माग पुरा नभए सम्म स्थानीयले प्राकृतिक जन्य पदार्थ खुटिया नदीबाट ढुङ्गा गट्टीबालुवा निकासमा रोक लगाएको बताइएको छ । खुटिया नदीमा प्राकृतिक जन्य पदार्थ खुटिया नदीबाट ढुङ्गा गट्टीबालुवा निकासमा गोदावरी नगरपालिकाले ठेक्का लगाई सकेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष गोविन्द चौधरीले पनि स्थानीयका माग प्रति ऐक्यबद्धता जनाएका छन् । त्यहाँको प्राकृतिक स्रोत साधन दोहन गरेर स्थानीयमा कुनै योजना नपर्नु विडम्बना बताएका छन् । ठेकेदारले जहाँ पायो त्यहीबाट माल उठाउनले नदीले धार नै परिवर्तनको अवस्थामा पुगेको वडा अध्यक्ष चौधरीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्