काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको स्तरोन्नतिका लागि झण्डै पाँच महिनासम्म आजदेखि दैनिक १० घण्टा उडान बन्द हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायतको विस्तार गर्नेछ ।
स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान आठ बजेसम्मका सबै उडान कटौती हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्