चवन्न वर्षीय कार्की पाँचौं पटक ललितपुरदेखि जनकपुरसम्म दौडने

काठमाडौं : चवन्न वर्षीय धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म पाँचौं पटक दौडने भएका छन्।

कार्कीले मंसिर १८ गतेदेखि दौड यात्रा सुरु गर्दै करिब दुई सय २५ किलोमिटर दूरी मंसिर २१ गते पूरा गर्नेछन्। उनले उक्त दौडको सुरुआत गोदावरी नगरपालिका वडा–१ गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट गर्ने बताएका छन्। उनी गोदावरीका स्थानीय बासिन्दा हुन्।

Seti Hospital

हनुमान मन्दिर पनि कार्की आफैंले निर्माण गरेका हुन्। त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौडन लागेको कार्कीले जानकारी गराए।

कार्की यसअघि काठमाडौंदेखि दोलखा तीन पटक, काठमाडौंदेखि बुटवल एक पटक, काठमाडौंदेखि सिन्धुली तीन पटक र काठमाडौंदेखि उत्तर प्रदेश एक पटक दौडेर पुगेका थिए। उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छुलिङसम्म दौडेका थिए। कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला दौडेर पुगेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार