शुक्लाफाँटाका तुलादत्त पाँच वर्षदेखि अटो चलाएर परिवारको खर्च धान्दै !

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० का तुलादत्त जोशी अटो चलाएर परिवारको खर्च धान्दै आएका छन्।

पाँच वर्षदेखि उनले अटो चलाउँदै आएका छन्। दैनिक उनको कमाई एक हजारदेखि दुई हजारको हाराहारीमा हुने गरेको छ। महिनामा २० हजार देखि  ३० हजार सम्मको कमाई उनको रहेको छ। अटोको कमाईले घर खर्च सहज रुपमा चल्दै आएकोमा उनी सन्तुष्टि छन्।

SHIKHAR COOL TECH

उनी भन्छन्, २०५४ मा पहाडबाट तराई झर्दा कमाईको साधन नहुँदा रोजगारीका लागि भारततर्फ लाग्नुपर्‍यो,  ‘भारतमा केही वर्ष काम गरेर कमाई गरेको पैसाले कैलालीको फूलबारीमा १० कट्ठा जग्गा जोडे, आफन्तहरु सबै यतै भएकाले फूलबारीको जग्गा बेचेर झलारी बजार नजिकै साढे चार कट्ठा जग्गा जोडे, त्यसमै घर बनाएर बस्न थाले। बैङ्कबाट कर्जा निकालेको  १२ लाखमध्ये छ लाख रकम अटोको कमाईले तिरेको जोशीले बताए।

उनले भने अटोको कमाईले बैङ्कको कर्जाको बाँकी किस्ता बापतको रकम तिर्दै छु। छोराले भारतको बैङ्गलोरमा काम गर्ने भएकाले उताबाट पनि रकम पठाउने गरेको उनको भनाइ छ। अटोको कमाई र छोराको कमाईले घर खर्चसँगै बैङ्कको किस्ता तिर्न कुनै अप्ठेरो नरहेकामा उनी ढुक्क छन्।

बूढेसकाल लाग्यो अब केही गर्न सकिँदैन भनेर घरमा बसेको भए घर खर्च चलाउनै धौ धौ हुन्थ्यो, ‘युवा जस्तै काम गर्दै आएको छु। स्वास्थ्यमा पनि समस्या छैन, आपत्विपत् परेका कसैसँग हात थाप्नु परेको छैन, सहज रुपमा दैनिकी चलेको छ। सिटभन्दा बढी यात्रु नबोक्ने र थोरै गतिमा अटो चलाउने भएकाले जोशीकै अटो रोजाइमा पर्ने गरेको यात्रु भरतबहादुर ऐरले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार