जंगली च्याउको तरकारी खाँदा एकैघरका ५ जना बिरामी

नवलपरासी : पूर्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन्।

शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका- २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

Seti Hospital

शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्।

खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार