बाह्रसिङ्गा अवलोकनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

धनगढी : बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ । मनसुनको मौसम सकिएपछि निकुञ्ज कार्यालयले कात्तिकबाट जङ्गल सफारी खुला गरेको हो ।

मनसुन अवधिभर निकुञ्जमा सफारी बन्द गरिएको थियो । चाडपर्वका बेला धेरै नेपाली परिवारसँग घुमफिर गर्ने भएकाले सफारीका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए । अहिले बढीजसो नेपाली नै घुमघामका लागि आइरहेका छन् ।”

dashain shuvakamana
Discovery School

शुक्लाफाँटा निकुञ्ज क्षेत्रमै यस वर्ष सबैभन्दा बढी वर्षा भएको थियो । त्यति बेलाको वर्षाका कारण आएको बाढीले निकुञ्ज क्षेत्रभित्र रहेका पुलपुलेसा र बाटा बिगारेको छ । धेरै जसो पुल मर्मत गर्नुपर्ने भएका छन् तर निकुञ्जको फाँटासम्म पुग्ने बाटो भने ठिक रहेको र त्यहाँसम्म पर्यटक पुगिरहेको सूचना अधिकारी ऐरले बताए ।

गत आर्थिक वर्ष २०८०र८१ मा चार हजार १६८ पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३६ विदेशी, ९९ जना सार्क राष्ट्रका र तीन हजार ९३३ जना नेपाली रहेका छन् ।

कात्तिक, मङ्सिरमा बढी नेपाली पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । विदेशी पर्यटक आउने मौसम भने फागुन, चैत महिना रहेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार