स्रोत नखुलेको २५ लाख  नगदसहित एक जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर :  स्रोत नखुलेको २५ लाख  नगदसहित एक जना भारतीय नागरिक कञ्चनपुरबाट  पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ता १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो ।

dashain shuvakamana
Discovery School

सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दले सो रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाइएको बताए ।

बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहलपुरमा रहेको राजश्व अनुसन्धान विभाग पठाइएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार