हात्तीको आक्रमणबाट बेलौरीका उमेशको ज्यान गयो । 

कञ्चनपुर : कञ्चनपुरको बेलाैरी नगरपालिका ५ मा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बेलाैरी नगरपालिका ६ ढक्का चाँदर बस्ने २४ वर्षीया उमेश चाैधरी रहेको ईलाका प्रहरी कार्यालय बेलाैरीले जनाएको छ । 

dashain shuvakamana
Discovery School

बेलाैरी प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बेलाैरी नगरपालिका वडा नम्बर ५ अन्तरगत पर्ने पुष्पलाल स्मृति  सामुदायिक वन बन्तरियामा उनको मृत्युु भएको हाे ।

मृतक चाैधरी थारु समुदायको दश्या नाँच हेरेर  राति करिब १:३० बजे उक्त सामुदायिक वनकाे बाटाेहुदै माेटरसाइकलमा घर फर्किरहेका थिए । 

बिहानै घटना स्थल पुगेको बेलाैरी प्रहरीले मुचुल्काकाे तयारी गरिरहेको प्रहरी निरीक्षक चन्दले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार