महेन्द्रनगर बजारको अनुगमन, एक पसलाई १० हजार जरिवाना

धनगढी : महेन्द्रनगर बजारको अनुगमन गरिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग धनगढी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको टोलिले महेन्द्रनगर बजारको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दसैं नजिकिए सङ्गै अखाद्य वस्तु छ्यापछ्याप्ती बिक्रि गरिरहेको पाइएको जनाइएको छ । अनुगमनका क्रममा गोपाल गोरसमा अखाद्य वस्तु फेलापरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

dashain shuvakamana
Discovery School

उक्त पसललाई १० हजार जरिवाना गरिएको र आयिन्दा खराब मिठाइ नबेच्न चेतावनी दिइएको सूचना अधिकारी उद्धव सिह कार्कीले जनाए । यस पटक बजारमा रहेका १०(१२ मिठाई पसलहरुमा अनुगमन गरिएको सूचना अधिकारी कार्कीले बताए ।

यस्तै , अनुगमनका क्रममा आगन डेरी र पाठक डेरीमा पुराना सडेका वस्तु प्रयोग गरेर मिठाई बनाएको , रंगको अत्याधिक प्रयोग गरेको फेला पारेपछि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय कंचनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार