मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवन पहिरोका कारण उच्च जोखिममा

कञ्चनपुर : भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवन पहिरोका कारण उच्च जोखिममा रहेको छ । भदौ अन्तिम साताको भीषण वर्षासँगै आएको पहिरोले विद्यालयका तीनकोठे भवनमा क्षतिसमेत गरेको छ ।

बाटोछेउमै विद्यालयको भवन छ । माथिबाट कक्षा कोठाभित्रै पस्ने गरी आएको पहिरोले भित्र समेत भरिएको छ । भवनको ठाउँ ठाउँमा चिरा परेका छन् । जोखिम हुन सक्ने भन्दै बालबालिकालाई उक्त कक्षाकोठाभित्र पठनपाठन गरिँदैन ।

dashain shuvakamana
Discovery School

‘अहिले दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइरहेका छौं,’ विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले भने, ‘दुईवटा भवन थिए, एउटा पहिरोले क्षति गरेपछि एउटा मात्रै बालबालिकालाई पढाउन मिल्नेछ ।’ उनका अनुसार बाल विकास कक्षाका बालबालिकालाई कार्यालयमै राखेर समेत पठनपाठन गराउनु परिरहेको छ ।

जोशीका अनुसार एउटै कोठामा प्लाइको बार लगाएर दुई कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन भइरहेको हो । तर एक कोठाको आवाज अर्को कोठामा जाने भएकाले पठनपाठनमा समस्या भएको उनले बताए ।

पानी नपरेका बेला खुला चौरमै राखेर पढाउने गरेको उनले बताए । महाकाली नदी किनारमै रहेको मुसेट्टीमा करिब २ सय परिवारको बसोबास छ ।

ठाउँ ठाउँमा पहिरो गएका कारण उक्त क्षेत्रमा जाने बाटोसमेत अवरुद्ध छ । पैदल हिँड्नसमेत बाटो छैन । ‘माथिल्लो कक्षामा पढ्ने बालबालिकालाई पनि विद्यालय आउजाउ गर्न गाह्रो छ,’ मुसेट्टीका स्थानीय हरिश साउदले भने, ‘साना बालबालिकालाई पढाउन पनि स्कुल पहिरोले चर्काएको छ ।’

उक्त विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन् । यहाँ दरबन्दीका दुई, निजी स्रोतका १ र बालबालिका १ गरी चार जना शिक्षक कार्यरत छन् । स्रोत अभावका कारण निजी स्रोतका शिक्षकलाई ४ महिनादेखि तलब खुवाउन नसकिएको प्रधानाध्यापक जोशीले बताए ।

पहिरोले भवनमा पुगेको क्षतिबारे भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा समेत जानकारी गराएको प्रधानाध्यापक जोशीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् व्यवस्थापन समितिमा पत्राचार गरेको जानकारी दिएको उनले बताए ।

ब्रह्मदेवदेखि ५ किलोमिटर उत्तर चुरे फेदीमा रहेको खल्ला, टुँडिखेल र मुसेट्टी गरी तीनवटा बस्तीमा साढे ३ सय परिवारको बसोबास छ ।

खल्ला र मुसेट्टीमा दुईवटा आधारभूत विद्यालय छन् । खल्लामा रहेको भीमदत्त आधारभूत विद्यालयमा कक्षा ८ सम्म र मुसेट्टीमा रहेको सरस्वती आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुने गरेको छ ।

माथिल्लो कक्षा अध्ययन गर्न यस क्षेत्रका बालबालिका एक÷डेढ घण्टा पैदल हिँडेर ब्रह्मदेवमा रहेको सिद्धनाथ माविमा आउने गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार