माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं : सिन्धुलीमा शुक्रबार हायस माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमानले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, घाइतेको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । शुक्रबार बिहान करिब ४ः२० बजे हायस दुर्घटना भएको हो ।

dashain shuvakamana
Discovery School

दुर्घटनालगत्तै उद्धार गरी घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि घाइते १५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये चालकसहित तीनजनाको अवस्था गम्भीर छ । काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको हायस दुर्घटना भएको हो । हायसमा १९ जना सवार थिए । अरू चारजनाको अवस्था सामान्य रहेको र उनीहरू अर्को गाडीमार्फत आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।

हायस सडकछेउको नालामा खसेर भित्ता ठोक्किई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार