कञ्चनपुरबाट १२ जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट १२ जुवाडे पक्राउ परेका छन । बुधबार राती भीमदत्त नगरपालिका – १४ बनकट्टी स्थित अमर सिंह कुवँरको बाझो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा अमर सिंह कुवँर, राजेन्द्र खाती सहित १२ जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

पक्राउ परेका अन्यको नाम भने खुलाइएको छैन । उनीहरुको साथबाट नगद १ लाख ६ हजार ४७० र ५६ पत्ती तास बरामद गरिएको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार