जोशीको कमाण्डमा समातियो ठुलो मात्रामा खैरो हिरोईन

धनगढी : लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले ठूलो अपरेसनलाई सफलतापूर्वक पूर्णता दिएको छ। आज (बुधबार) व्युरोका प्रहरी सिनियर सब-इन्सपेक्टर (वरिष्ठ सई) केशब जोशी नेतृत्वको टोलीले ठूलो अपरेसनलाई पूर्णता दिएको हो।

प्रहरीका अनुसार जोशीको टोलीले सुदूरपश्चिमबाट गएर ठूलो मात्रामा खैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको हो। टोलीले उनीहरूलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २० स्थित एरपोर्ट नजिकै पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

पक्राउ पर्नेमा बैराहिज जिल्ला रुपेडिया स्टेशन रोड उत्तर प्रदेश भारत बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका ५ घरभई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० एरपोर्ट बस्ने ४१ वर्षीय बालचन्द्र कामी रहेका छन्। जोशी कमाण्डको टोलीले उनीहरूको साथबाट प्लाष्टिकसहित १०२ ग्राम (शुद्ध ताैल ९९ ग्राम) हेरोईन र १ थान डिजिटल तराजु बरामद गरेको छ।

प्रहरी स्रोतका अनुसार उनीहरूलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा चेकजाँच गर्दा हेरोईन बरामद गरिएको हो। त्यसपछि उनीहरूलाई प्रहरीले नियणन्त्रमा लिएको जनाएको छ।

चेकजाचँका क्रममा भारतीय नागरिक राहुल शुक्लाले तल्लो शरिरमा लगाएको खैरो रंगको टाउजरको दाहिने खल्ती भित्र सेतो प्लास्टिकमा सो हेरोइन लुकाएर राखेको पाइएको थियो। अहिले सो हेरोइन जिल्ला प्रहरी कार्यालय बाँकेलाई बुझाइएको र थप अनुसन्धान भैरहेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार