स्कुल बसबाट लडेर घाइते कञ्चनपुरका एक बालकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा विद्यालयको बसबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ ‘ग’ गाउँका चक्र खातीका ८ वर्षीय छोरा करनको मृत्यु भएको हो ।

उनी शुक्रबार साँझ पुनर्वास’३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा लडेर घाइते भएका थिए । पुनर्वास पोलिक्लिनिक र निसर्ग हस्पिटल धनगढीमा उपचारपछि भारत लगिएका उनको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल महेन्द्रनगर राखिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए । बस र चालक पुनर्वास-५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार