महाकालीको बाढीले बगायो जासुसी क्यामेरा

कञ्चनपुर : महाकालीमा आएको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया क्षेत्रमा राखिएका जासुसी क्यामेरा बगाएको छ । गत साता महाकाली नदीमा आएको बाढीले क्यामेरा जडान गरिएको सालको रुखसंगै बगाएको हो । निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार क्यामेराले अहिले पनि फोटो संकलन गरिरहेको छ, तर पानीको मात्रै ।

‘महाकाली किनारमा हामीले खोजी गरिरहेका छौं, तर क्यामेरा जडान गरिएको रुख भेटिएको छैन,’ उनले भने, ‘रुख पुरै पानीको डुबेको हुन सक्छ, क्यामेराले पनि पानीभित्रैको फोटो संकलन गरिरहेको छ ।’  महाकालीमा जलस्तर घटेपछि नदीमै राम्ररी खोजी गर्न सकिने ऐरले बताए ।

Seti Hospital

पिपरियाबाट दक्षिणतर्फको झालामा करिब २० दिनअघि एउटा सालको रुख काटिएको थियो । महाकाली पारिबाट ट्यूव वा डुंगामा आएका तस्करले गोलिया बनाएर लगेको हुन सक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा सालको ठुटो मात्रै देखिएको छ । रुख काटिएको ठुटो मात्रै देखिएपछि उक्त क्षेत्रमा २ वटा जासुसी क्यामेरा जडान गरिएको हो ।

एउटा महाकालीले बगाएर लगेको छ भने अर्को निकालेर ल्याइएको संरक्षण अधिकृत ऐरले बताए । ‘अर्को रुख पनि काटने तयारी गरेको देखियो,’ उनले भने, ‘उक्त क्षेत्रमा नियमित गस्ती पनि गर्न नसकिने भएकाले जासुसी क्यामेरा जडान गरिएको थियो ।’ निकुञ्जले चोरी शिकारी नियन्त्रणका लागि शंकास्पद ठाउँमा जासुसी क्यामेरा राख्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार