कञ्चनपुरमा बुढी पोल्ने पर्व मनाईयो !

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा पनि बुढी पोल्ने पर्व मनाईएको छ । सुदूरपश्चिमेलीहरुका विभिन्न समुदायले बुढी पोल्ने पर्व मनाएका हुन । असोज संङक्रान्तिको दिनमा मनाईने यस बर्षपनि मनाईएको छ । 

सुदूरका पहाडी जिल्लाहरुका अधिकाँस गाँउठाँउहरुमा मनाएसंगै कञ्चनपुरका केही गाँउबस्तीमा मनाईएको हो । भीमदत्त नगरपालिका १० गज्जरका स्थानीय जानकार युवा गोर्कण महरले राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व हरेक असोज संङक्र्रांन्तिका दिन मनाईने बताए । 

Dengue

भगवान कृष्णले आरक्षस रुपी महिलामाथि विजयी गरेको स्मृतिमा बुढी पोल्ने पर्व 

मनाईन्छ । उनका अनुसार भीमदत्त नगरपालिका १०का वडा सदस्य हर्कराज गिरी, स्थानीय समाजसेवी नर बहादुर मरहा, नर बहादुर ठगुराठी, पुष्कर पाण्डेय सहितको सहभागितामा पर्व मनाईएको छ । भीमदत्त नगरको गज्जर सहित जिल्लाका विभिन्न स्थानमा बुढीपोल्ने पर्व मनाईएको बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार