महाकाली नदीमा दुई किशोर बगेर बेपत्ता

कञ्चनपुर : कञ्चनपुरको पश्चिमी नाकामा रहेको महाकाली नदीमा दुई किशोर बगेर बेपत्ता भएका छन् । सनिवार बिहान करिब १० बजे तिर जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरिघाट स्थित महाकाली नदीमा दुई किशोर बगेका हुन् ।

उर्लिएको महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले बताएका छ्न । उनका अनुसार आज बिहान भीमदत्त नगरपालिका–१२ का १८ वर्षीय सौरभ नेपाली र ओदालीका १६ वर्षीय अबि नेपाली दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन् ।

Dengue

महाकाली नदिमा बगेका दुई मध्ये सौरभको शव दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक किनारमा फेला परेको प्रहरीले जनाएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय, आफन्त र ससस्त्र प्रहरी सहित नेपाल प्रहरी लगायत सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार