लागुऔषधसहित कञ्चनपुरमा पाँच जना पक्राउ

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट बैतडीको दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय रमेश लुहार लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनको साथबाट १ ग्राम ९० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीसँगै कोठामा रहेका अन्य ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रमेशको साथबाट लागुऔषध बरामद गरिएको, अन्य चार जना उनकै कोठामा भेटिएका तर लागुऔषध नपाइएको हुँदा उनीहरुसँग पुछताछ भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

Dengue

अनुसन्धान जारी रहेकाले ती चार जनाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार