बहुला स्यालले टोक्दा ५ जना घाइते

कञ्चनपुर : कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते भएका छन्। बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका  ५ जना घाइते भएका हुन्।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३ वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन। 

Dengue

घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार