ज्ञानेन्द्र शाहीको आक्रोश- प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा अरू छैनन् !

काठमाडौँ : राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र  पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन् ।

धनगढी सूचना

उनले  भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा.सन्दुक रूइत जानुभयो । हामी गयौँ । लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौँ भन्नुभयो । नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे ।’

उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए । उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए ।

उनले भने‚ ‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती दिए । उनले कांग्रेस–एमालेलाई विद्यार्थी सङ्गठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार