कञ्चनपुरको दोधारा चाँदनीमा जंगली हात्तीकाे बथान बस्ती पस्न थालेपछी….

कञ्चनपुर : समय समयमा प्राकृतिक प्रकोपले जर्जर बनाएकाे कञ्चनपुरको दोधारा चाँदनीमा पछिल्लाे केही दिनदेखि जंगली हात्तीकाे बथान बस्ती पस्न थालेकाे छ ।

हरेक दिन राति बस्तीमा पस्ने हात्तीको बथानले स्थानीयको धानवालीमा ठूलो क्षति गर्दैआएकाे छभने स्थानीयहरु ज्यान जाेगाउन सामुहिकरुपमा रातभर जाग्राम बस्ने गरेका छन् । 

SHIKHAR COOL TECH

दोधारा चाँदनी नगरपालिका-३ का वडा अध्यक्ष हरिसिंह धनाडीले हात्ती भगाउनकै लागि यहाँका स्थानीय रातभर जाग्राम बस्ने गरेको बताए। ‘दिनहुँ राति २०/२२ वटा सङ्ख्यामा रहेको हात्तीको बथान बस्तीमा पस्छ,’ उनले भने, ‘हात्तीले यहाँ हैरान गरेको छ स्थानीयले सुत्न पाएका छैनन्।’

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन्।

‘हामीले राति उक्त बस्तीमा प्रहरीको डिउटी नै राखेका छौँ,’ उनले भने, ‘हात्ती भगाउन वडा कार्यालयबाट टर्च, साइरन स्थानीयलाई उपलब्ध गराएका छौँ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार