कञ्चनपुरमा १४ विद्यार्थीको उस्तै उत्तरपुस्तिका, नतिजा रद्द

धनगढी : कञ्चनपुरको महेन्द्रनगरस्थित होली फेमिली बोर्डिङ स्कुलका १४ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ। गत शैक्षिकशत्रको परिक्षामा परीक्षा दिएका १४ जनाको नतिजा रद्द गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले १४ जनाको नतिजा रद्द गरिएको जनाएको छ। त्रुटिपूर्ण उत्तरपुस्तिका आएकाले नतिजा रद्द गरिएको बताइएको छ।

Galaxy

स्रोतका अनुसार सो स्कुलबाट कक्षा १२ को परीक्षा दिएका १४ जना विद्यार्थीको अंग्रेजी, अर्थशास्त्र र लेखा विषयको उत्तरपुस्तिका हरेकमा एकै व्यक्तिले उत्तर लेखिदिएको फेला परेको थियो।

सो क्रममा अक्षर भिडाउँदा ती विषयका उत्तरपुस्तिकामा अक्षर हुबहु फेला पारिएपछि ती सबै विद्यार्थीको नतिजा रद्द गरिएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार