दुर्गन्ध हटाउन उपत्यकाका नदीहरुमा पानीको बहाव वृद्धि गर्ने : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बाग्मती, विष्णुमती लगायतका नदीहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञसँग छलफल गर्नुभएको छ। 

उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञसँग छलफल गर्दै उपत्यकाका नदीहरुमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिनुभएको हो। सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा  राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तीव्र पार्नुभएको छ। 

Dengue

‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ। पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही  स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ भनेर सोचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो। 

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञसँग राय लिइएको बताउनुभयो। 

पूर्व मन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताउनुभयो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार