कञ्चनपुरमा भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिएपछि तनाव उत्पन्न

धनगढी : कञ्चनपुरको पुनर्वासमा भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिएपछि तनाव उत्पन्न भएको छ। सोमबार दिउँसो १ बजेतिर पुनर्वास सीमा सुरक्षा चौकी (विओपी) का सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर चन्दको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट ल्याउँदै गरेको डिउ ३ पेटी र १ बोरा गुड नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।

सामान नियन्त्रण गर्ने क्रममा पुनर्वास ७ की ऋतु तामाङले आफूमाथि हातपात गरिएको र मोबाइल फुटाइएको आरोप लगाएकी छन्। उनले बारम्बार विओपीमा गएर सोधपुछ गरेकी थिइन् कि किन र के नियतले आफूलाई हातपात गरिएको हो।

Dengue

तर, सशस्त्र प्रहरी निरीक्षक चन्दले तामाङको आरोप अस्वीकार गर्दै भने, सामान नियन्त्रण गर्ने क्रममा तानातान हुँदा दुर्घटनावश टच भएको हुन सक्छ। मोबाइल हामीले फुटाएका होइनौं। भ्यानमा दुई पटक हान्दा पनि महिला प्रहरीमार्फत उनलाई नियन्त्रणमा लिने प्रयास गरिएका थियौं।

सामान नियन्त्रणपछि आक्रोशित स्थानीय बासिन्दाहरूले विओपीको गेटमै नाराबाजी गर्दै घेराउ गरेका थिए। यस क्रममा विओपीको गेट, व्यानर, र कुर्सी तोडफोड भएका थिए। घटनाको विषयमा अबेर रातिसम्म छलफल भए पनि कुनै ठोस नतिजामा नपुगिएपछि मंगलबार पुनः छलफल गरिएको थियो।

घटनापछि शैलेश्वरी गणका एसपी र डिएसपीसहितको टोली घटनास्थलमा पुगेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार